
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बजारबाट घर फर्कने क्रममा बतासे–शुक्रबारे सडक खण्डको बतासे–फिमरे खोल्सीमा को.२८ प.८०५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३० बर्षीय टेकबहादुर लिम्बुको मृत्यु भएको हो ।
बिहिबार राती घटना भएको अनुमान गरिएपनि शुक्रबार मात्र लिम्बुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
सडकबाट करिव ३ मिटर तल ढुंगामा टाउको ठोक्किएको अवस्थामा उनको शव फेला परेको हो । पैदलयात्रीले शव देखेर खबर गरेपछि इलाका प्रहरी कार्यालय राजारानीको टोली घटनास्थल गएको थियो ।















