संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल नेत्र ज्योती संघ धनकुटाको अध्यक्षमा रोशेष श्रेष्ठ चयन भएका छन् । तत्कालिन अध्यक्ष दोर्ण गुरागाई संघको महाधिवेशनबाट केन्द्रिय कोषाध्यक्षमा निर्वाचित भएपछि रिक्त रहेको अध्यक्ष पदमा संघको बैठकले श्रेष्ठलाई चयन गरेको हो ।

Advertisement

सोहि अवसरमा नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान एवं बधाई ज्ञापन गरिएको छ । केन्द्रिय कोषाध्यक्षमा निर्वाचित गुरागाई, धनकुटा अध्यक्ष श्रेष्ठ, नव निर्वाचित केन्द्रिय सदस्य अस्मिका राई र प्रदेश सचिव जय निरौलालाई एक कार्यक्रमकावीच बधाई ज्ञापन गरिएको हो ।

संघका सल्लाहकारहरु दामोदर दाहाल, यज्ञप्रकाश चपागाई, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष विजय सन्तोषी राई, पत्रकार महासंघका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, नेत्र ज्योती संघका जिल्ला सचिव देव खड्का, कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, सह–कोषाध्यक्ष जयन्द्र प्रधान, आँखा अस्पतालका अध्यक्ष लिला मिश्र लगायतले फुल माला तथा अविर लगाई बधाई ज्ञापन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!