संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर ७ का वडा सदस्य सन्देश आठपहरियाले धनकुटा–८ सान्ताङ स्थित देउराली माध्यमिक विद्यालयका बिद्यार्थीलाई पोशाक प्रदान गरेका छन् । बिद्यालयमा सिसुदेखि कक्षा ९ सम्म अध्ययनरत १ सय ४० जना छात्र/छात्रालाई वडा सदस्य आठपहरियाले बिद्यालय पोशाक प्रदान गरेका हुन् ।

Advertisement

बिद्यार्थीहरुले फाटेको र टालेको लुगा लगाएको देखेर सहयोग गर्ने उद्धेश्यले व्यक्तिगत रुपमा पोशाक प्रदान गरेको वडा सदस्य आठपहरियाले बताए । ‘सान्ताङमा बिपन्न परिवारका धेरै बिद्यार्थीहरु पढ्ने गरेका छन् । उनीहरुलाई थोह्रै भएपनि सहयोग पुर्याउँन ड्रेस दिएको हुँँ ।’ उनले भने ।

५६ औं शिक्षा दिवसको अवसरमा बिद्यालयमै पुगेर आठपहरियाले करिव ६५ हजार मुल्य बराबरको पोशाक बिद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् । सान्ताङलाई धनकुटा नगरपालिका क्षेत्रको पिछडिएको स्थानका रुपमा चिनिन्छ ।

सो बिद्यालयमा अध्ययनका लागि याक्चनादेखिका बिद्यार्थीहरु करिव डेढ घण्टाको उकालो बाटो हिडेर आउँने गरेको बिद्यालयका शिक्षक चन्द्रकुमार राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!