उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ का तिर्थ आले मगरले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन् । श्रीमानको कुटपिटबाट मृत्यु हुनेमा ३० बर्षीय मन्जु पुलामी मगर रहेको जिल्ला प्रहरी काार्यलय उदयपुरले जनाएको छ ।

सोमबार राति १० बजे घरायशी वादविवादका कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी मन्जुको उपचारको क्रममा धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा सोमवार राति ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Advertisement

घटना पश्चात श्रीमानलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!