धनकुटा । भारतीय राजदुतावासले धनकुटाको महालक्ष्मी नगरपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । ७३ औं स्वतन्त्रता दिवसको अवसर पारेर राजदुतावासले नगरपालिकालाई निःशुल्क एम्बुलेन्स प्रदान गरेको हो ।
काठमाण्डौंको लैनचौर स्थित राजदुतावासमा आयोजित कार्यक्रममा राजदुत रञ्जिभसिंह पुरीले महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाललाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे ।
एम्बुलेन्स प्राप्त भएपछि अव महालक्ष्मी नगरक्षेत्रका बिरामीलाई समयमै अस्पताल पुर्याउँन धेरै सहज हुँने मेयर नेपालले बताए । उनका अनुसार महालक्ष्मी नगरपालिकाले ‘जहाँ पर्छ अभर, त्यहा पुग्छ नगर’ कार्यक्रम सञ्चालन गरेको छ । सोहि कार्यक्रमलाई प्रभावकारी बनाउँदै जनतालाई चुस्तदुरुस्त स्वास्थ्य सेवाको पहुचमा पुयाउँन पहल गरेर एम्बुलेन्स प्राप्त भएको हो ।
महालक्ष्मी नगरबासीलाई एम्बुलेन्समा सहुलियत दिईने मेयर नेपालले जानकारी दिए । ‘अन्य क्षेत्रका बिरामीको तुलनामा महालक्ष्मी नगरक्षेत्र भित्रका बिरामीलाई अस्पताल पुर्याउँदा लाग्ने दस्तुरमा सहुलियत दिनेछौ ।’ मेयर नेपालले भने ।
नगर कार्यपालिकाको बैठक बसेर सञ्चालन कार्यबिधि तयार गरी एम्बुलेन्स सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।