सन्तोष रुचाल / संगालोखबर

धनकुटा । बाढी पहिरोबाट विस्थापित साँगुरीगढी गाउँपालिका­–६ मझुवाका १० घर परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय, साँगुरीगढी गाउँपालिका, बरख गण सल्लेरी व्यारेक र रेडक्रसले पहिरोपीडित परिवारलाई नगदसहित राहत सामाग्री वितरण गरेका हुन् ।

Advertisement

अविरल बर्षाका कारण बाढी पहिरोबाट घर पूर्णरुपमा क्षति भएका साँगुरीगढी गाँउपालिका–६ मझुवाका ज्ञानबहादुर घागामगर, अमृतबहादुर घागामगर, टीकाराम घागामगर, टंकबहादुर घागामगर, ज्ञानबहादुर रानामगर, तिलक रानामगर, अर्जुन रानामगर, उत्तम बहादुर गुर्मछानेमगर, खिलाबहादुर गुर्मछानेमगर र खड्गबहादुर गुर्मछानेमगरको परिवारलाई राहत वितरण गरिएको वडाध्यक्ष यमप्रकास मगरले बताए ।

बढी पहिरोपीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय र साँगुरीगढी गाउँपालिकाले प्रति परिवार ५/५ हजारका दरले नगद र त्रिपाल वितरण गरेका छन् । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी सिताराम कार्की र गाउँपालिका अध्यक्ष कुमारजंग याखाले नगद हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बरख गण सल्लेरी व्यारेकले एक थान कमल, चट्टी र सिरानी वितरण गरेको छ भने रेडक्रसको तर्फबाट प्रति परिवार २/२ वटाका दरले त्रिपाल वितरण गरिएको वडाध्यक्ष मगरले बताए । बाढी पहिरोबाट विस्थापित १० घरपरिवार अहिले आफन्त र छिमेकीको शरणमा बस्दै आएका छन् ।

पहिरोले गाँउ नै बगाएपछि उनीहरु सुकुम्बासी बनेका छन् । विस्थापित परिवारलाई पुर्नस्थापित गर्न गाँउपालिकासँग समन्वय गरेर सरकारी जग्गाको खोजी भईरहेको वडा कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!