संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको स्मृतिग्रन्थ बिमोचन गरिएको छ । स्वर्गिय खेवाको तेस्रो स्मृति दिवसका अवसरमा स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा ग्रन्थ बिमोचन गरिएको हो ।

Advertisement

पूर्व सूचना तथा सञ्चार मन्त्री एवं प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले स्मृतिग्रन्थ बिमोचन गरे । कार्यक्रमलाई संबोधन गर्दै कार्कीले समाजबादबाट मात्र नेपाली जनता समृद्ध हुने धारणा राख्दै समाजबाद ल्याउन सवै एकजुट हुनुपर्नेमा जोड दिए । नेकपाका केन्द्रिय सदस्यसमेत रहेका कार्कीले स्मृतिग्रन्थ प्रकाशन गरेर हरिराज खेवा स्मृति प्रतिष्ठानले स्वार्गिय खेवालाई जिवन्तता दिएको बताए ।

कार्यक्रममा १ नम्वर प्रदेश सभाका न्याय प्रशासन, कानुन तथा विद्यायन समिति सभापति इन्द्रमणी पराजुली, प्रदेश सांसद लिला सुब्बा, प्रदेश सांसद एवं प्रतिष्ठानका सचिव कुसुम कुमारी श्रेष्ठ लगायतले स्वर्गिय खेवाको संझना गर्दै उनको योगदानको चर्चा गरे ।

त्यस्तै पूर्व सांसद गोपाल गुरागाई, संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, कांग्रेस सचिव विजय सन्तोषी राई, महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपाल, छथरजोरपाटी गाउँपालिका प्रमुख शेरवहादुर लिम्बु, हुसाडेक नेपालका उपाध्यक्ष गिता अधिकारी, पत्रकार महासंघका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, खेवा प्रतिष्ठानका अध्यक्ष बिष्णुबहादुर लिम्बु, उपाध्यक्ष तिलकप्रसाद राई, सदस्य बिष्णुमाया कन्दङ्वा लगायतले खेवालाई सफल व्यक्तिको संज्ञा दिदै उनको संझना गरे ।

सो अवसरमा सहभागिहरुले स्वर्गिय खेवाको फोटोमा माल्र्यपण गरी उनी प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । धनकुटाको हात्तिखर्क घर भएका खेवाको सिधुवा नजिक भएको बस दुर्घटनामा परी निधन भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!