संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश कार्य समितिको बैठक तथा क्षमता विकास तालिम भेडेटारमा सम्पन्न भएको छ ।

Advertisement

बैठकले ट्रेड युनियन कांग्रेसलाई अझ सशक्त बनाउदै विभिन्न कार्यक्रम संचालन गर्ने लगायत निर्णय गरेको युनियनका धनकुटा अध्यक्ष विगेन्द्र याक्खाले जानकारी दिए ।

कार्यक्रममा युनियनका प्रदेश अध्यक्ष नारायणबाबु कार्की, महाधिवेशन प्रतिनिधि विजय सन्तोषी राई, उदयपुर अध्यक्ष केदार कटुवाल लगायतले मुलुकको राजनीतिक परिवर्तनमा श्रमीकहरुले नेतृत्व गरेकोले अव आर्थिक कान्तिका लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

तालिममा प्रदेश अध्यक्ष कार्कीले सार्वजनिक सेवा क्षेत्रको विषय र मोरङ्ग अध्यक्ष सुशिल कोईरालाले श्रम ऐनको वारेमा जानकारी गराएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!