संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन् ।
गोप्य सूचनाको आधारमा वाना प्रहरीले पाँचखपन–६ का २९ वर्षीय जगत रानामगरलाई पक्राउ गरेको हो । रानाले घरभित्र लुकाइ ‘लोड’ गरेर राखेको भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
रानामगरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।