उदयपुर, ३ वैशाख । उदयपुरमा जीप दुर्घना हुँदा एक जनाको मृत्युु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका १ मा कटारीबाट मुर्मेतर्फ जाँदै गरेको स १ ज ५०६ नम्बरको यात्रुवाहक बोलेरो जीप जीप दुर्घटना भएको हो ।

Advertisement

मृत्यु हुनेमा ४५ वर्षीय केशीमाया परियार रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सामान्य घाइते भएका हरुको कटारी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

जीपमा सवार १२ जनामध्ये २ जनालाई उपचारका लागि काठमाण्डौ र एकजनालाई विराटनगर लगिएको छ । दुर्घटना के कारणले भएको भन्ने कुरा खुलेको छैन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!