काठमाडौं । पूर्वसांसद गायत्री साहले ‘डाउन सिन्ड्रोम’ भएको नवजात शिशुलाई मेडिसिटी अस्पतालमै छाडेकी छन् । उनले मेडिसिटी अस्पताल र त्यहाँका डाक्टरको लापरबाहीले डाउन सिन्ड्रोम भएको आरोप लगाउँदै शिशु घर नलगेकी हुन्।

उनले बच्चाको जिम्मा अस्पतालले नै लिनुपर्ने तर्क गर्दै आएकी छन् । प्रसूति प्रक्रियामा संलग्न चिकित्सकले आफ्नो गल्ती नभएको दाबी गर्दै गुनासो भए कानुनी उपचार खोज्न साहलाई आग्रह गरेको छ ।

साहले मेडिसिटी अस्पतालमा गत फागुन २८ गते भर्ना भएर शल्यक्रियाबाट बच्चा जन्माएकी थिइन्। ‘हाम्रो गल्ती, असावधानीले डाउन सिन्ड्रोम भएको शिशु जन्मिएको होइन,’ साहको प्रसूतिमा संलग्न डा निरासिंह श्रेष्ठले भनिन्, ‘उहाँलाई गुनासो भए कानुनी प्रक्रियामा जान आग्रह गर्छौं ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!