बलिउड अभिनेता सलमान खान नयाँ पुस्तालाई आफ्नो फिल्ममा ब्रेक दिनमा अगाडि छन्। उनले धेरै नयाँ कलाकारलाई आफ्ना फिल्ममार्फत् बलिउडमा छिराएका छन्।

Advertisement

चाहे त्यो ‘दबंग’ मार्फत् सोनाक्षी सिन्हालाई होस् चाहे ‘लक्की’ फिल्ममार्फत् स्नेहा उलाललाई होस्, चाहे ‘वीर’ मार्फत् जरिन खानलाई, चाहे कलाकारकै छोराछोरीलाई डेब्यु गराउन होस्। सुनील सेट्ठीकी छोरी आथिया, आदित्य पञ्चोलीका छोरा सुरज पञ्चोलीदेखि उनले कोरियोग्राफर डेजी शाह लगायत थुप्रैलाई आफ्ना फिल्ममार्फत ब्रेक दिएका छन्।

सलमानले अभिनयको बाटो डोर्याउन मद्दत गरेकामध्ये कसैले सफलता पाए भने कोही पलायनै भए। उनले पछिल्लो समय इराकी-अफ्गानी मोडल वरिना हुसेनलाई आफ्नो निर्माणमा बन्न लागेको फिल्म ‘लभरात्री’ मा डेब्यू गराए भने ‘नोटबुक’ मार्फत् प्रनुतन ब्हेल र जाहिर इकबाललाई गराए।

सलमान भन्छन्, ‘म नयाँ पुस्तालाई खोजी-खोजी सकेसम्म मेरा फिल्ममा ल्याउन प्रयास गर्नेछु।’

उनको यही प्रयासको प्रभाव अब उनका आफ्नै बडिगार्डका छोरामा पर्ने भएको छ। सलमानका बडिगार्ड शेराका छोरालाई उनले बलिउडमा डेब्यू गराउने भएका हिन्दुस्तान टाइम्सले लेखेको छ। ‘बडिगार्ड’ नायक सलमानले बडिगार्डका छोरालाई कुन फिल्मबाट बलिउड प्रवेश गराउँछन् भन्ने टुंगो भने लागेको छैन। शेराका छोरा टाइगरका निम्ति उनी स्क्रिष्ट खोजिरहेको बताइएको छ।

‘शेराको छोरा टाइगर हामीमाझै हुर्किएको हो,’ सलमानले बम्बई टाइम्सलाई दिएको अन्तर्वार्ता उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘ऊ धेरै निर्देशक र निर्माताको नजरमा परिसकेको पनि छ। शेरा टाइगरको पहिलो फिल्मको स्क्रिप्ट मैले नै छानुँ भन्ने चाहन्छ। त्यसैले म हेरिरहेको छु।’

टाइगरले ‘सुल्तान’ फिल्ममा सहायक निर्देशकका रूपमा सलमानसँग काम गरिसकेका छन्।

सलमानले आफ्ना नजिकका साथीभाइदेखि लिएर नातेदारलाई समेत फिल्ममा ल्याउने प्रयास गरेका छन्। ‘लभयात्री’ मा उनले आफ्नी बहिनी अर्पिता खानका श्रीमान आयुस शर्मालाई अभिनयमा उतारेका थिए। तर आयुसले राम्रो प्रतिक्रिया पाउन सकेनन्।

तै सलमान पछि हट्नेवाला देखिन्नन्। उनी यसरी नयाँ कलाकारलाई मौका दिनमा गर्व महशुस गर्छन् र यो काम आफूले सकेसम्म गरिरहने बताउँछन्। यसले बलिउडमा नयाँ प्रतिभा उजागर हुन मद्दत गर्ने उनको भनाइ छ।

सलमान हाल ‘भारत’ फिल्ममा काम गरिरहेका छन्। फिल्ममा उनीसहित कटरिना कैफ, दिशा पटानी, ज्याकी स्रफ, सुनील ग्रोवर र तबुको मुख्य भूमिका छ।अलीअब्बास जफरको निर्देशनमा बन्ने ‘भारत’ मा अतुल अग्निहोत्रीका साथै टि-सिरिज कम्पनी सह-निर्माता छन्।

यसबाहेक सलमान करिब २० वर्षपछि निर्देशक तथा निर्माता सञ्जयलीला भन्सालीसँग काम गर्ने भएका छन्। भन्सालीको फिल्म ‘इन्साअल्लाह’ मा उनी आलिया भट्टसँग देखिनेछन्। ‘हम दिल दे चुके सनमपछि’ सलमान भन्सालीको फिल्म ‘सावरियाँ’ मा छोटो भूमिकामा मात्र देखिएका थिए।

सलमान ‘दबङ-३’ को पनि तयारी गरिरहेका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!