अछाम । पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ ।

Advertisement

बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारी पर्ने हो कि भन्ने डरले उनलाई सताएको थियो । अर्कोतिर बाहिर डेरा गरेर बस्नुपर्ने भएकाले खर्चको समस्या उस्तै थियो ।

कुइकाकै देवसरा अधिकारीलाई बिरानो ठाउँमा अर्काको घरमा बस्नुपर्दा महिनावारी भए कसरी व्यवस्थापन गर्ने भन्ने समस्याले सुरुदेखि नै सताएको थियो । आखिर जे डर थियो त्यही भयो । ‘परीक्षा सुरु भएको १५ मिनेटमै म महिनावारी भएँ । प्याड खल्तीमा बोकेरै लगेकी थिएँ । तर चिट लुकाउन होला भन्ने आशंका गर्दै शिक्षकले सुरुमै प्याड थुतेर लिए ।’ आफूले त्यो दिन लेख्नै नसकेको देवसराले बताइन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!