काठमाडौँ, २२ फागुन । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले धनुषा पुगेर महिलामैत्री शौचालय निर्माण गरेका छन् । प्रियंका र आयुषमानको आङ्गका फाउन्डेशनले धनुषा जिल्लाका तीन विद्यालयमा पन्चकन्या फाउन्डेसनको सहयोगमा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको हो ।

Advertisement

धनुषाको जनता मावि, हरिपुर निगाहपुर मावि र आधारभूत माविमा एक कार्यक्रमकाबीच शौचालय निर्माण गरि वितरण गरिएको अभिनेता आयुषमानले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन् । फाउन्डेशनले हरेक विद्यालयमा दुईदुईवटा शौचालय, फल दिने नौ वटा बिरुवा, दुई थान डस्टबिन, सय थान ब्याग पनि वितरण गरेको छ । साथै केजीएच फाउन्डेसनको सहयोगमा ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याडको किट पनि वितरण गरेको छ ।

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको जोडी अहिले निक्कै चर्चामा छ । प्रममा परेदेखिनै उनीहरु विभिन्न कारणले चर्चामा रहरिहेका छन् । पछिल्लो समय विवाह अघिनै आफ्नी नजन्मिएकी छोरीको नाममा फाउण्डेसन खोलेर चर्चामा आएको यो जोडीले त्यसयता सामाजिक काममा बाक्लै उपस्थिती जनाईरहेको छ । यहि सिलसिलामा सौचालय निर्माणका लागि धनुषा पुगेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!