निर्देशक मिलन चाम्सले आफू निर्मित चलचित्र ‘विर विक्रम २’को प्रदर्शन मिति घोषणा गरेका छन् । यो बर्ष नै रिलिज हुन्छ भनेर चर्चामा रहेको चलचित्र ‘विर विक्रम २’ यो बर्ष नआउने भएको छ ।

Advertisement

यो चलचित्रलाई आउँदो बर्षको जेठ ३ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । नायक पल शाहको जन्मदिनको अवसरमा चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो ।

यो मितिमा पहिले नै नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की अभिनित चलचित्र ‘प्रेमदिवस’को प्रदर्शन मिति तय भैसकेको छ । चलचित्र ‘विर विक्रम २’मा नायक पल शाह, नाजिर हुसेन र नायिका बर्षा सिवाकोटीको मुख्य भूमिका छ ।

चलचित्रको ‘पिरतीको मिठो तिर्सना’ बोलको गीत सार्वजनिक भैसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!