बलिउडमा २ वटा चलचित्र नै सुपरहिट दिएपछि नायिका साराअली खानको डिमाण्ड खुबै बढेको छ । सारा अहिले नै बलिउडका टप ५ नायिकाको सूचीमा परिसकेकी छिन् । उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या पनि बढेको छ ।

Advertisement

साराले विभिन्न नाम गरेका चलचित्रमा काम गर्ने चर्चा चलेपनि ती सबै हल्ला मात्र हुन् भन्ने देखिएको छ । अब, भने साराले एक बायोपिक कथामा काम गर्ने पक्का भएको छ । नायक इमरान हाश्मीलाई लिएर सन् २०१३ मा ‘एक थि डायन’ नामक चलचित्र निर्देशन गरेका निर्देशक कन्नान लेएरले बनाउन लागेको एक बायेपिक कथामा साराअली खान फाइनल भएकी छिन् । यो चलचित्र कसको बायोपिकमा बन्दैछ भन्ने खुलेको छैन ।

धर्म प्रोडक्शनले पनि यो चलचित्र निर्माणमा साथ दिएको छ । यही बर्षको अगष्ट महिनाबाट चलचित्रको छायांकन सुरु हुनेछ । यो बायोपिकको लीड भूमिकामा साराले काम गर्न लागेकी हुन् । साराअली खानले ‘लभ आजकल २’मा काम गर्ने चर्चा चलेतापनि त्यो हल्ला मात्र भएको पुष्टी भैसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!