बिहे गरेको करिब ४ बर्षपछि नायक आर्यन सिग्देल बाबु बन्ने भएका छन् । आर्यनले प्रेमिका सपना भण्डारीसँग वि.सं २०७१ साल वैशाख ६ गते बिहे गरेका थिए । वुझिएअनुसार, आर्यन पत्नी सपनाले फागूणको अन्तिममा सन्तानलाई जन्म दिदैछिन् ।

Advertisement

नायक आर्यन सिग्देल अहिले चलचित्रको छायांकनका लागि सिक्किममा छन् । चलचित्र ‘हजार जुनी सम्म’को छायांकन सकेपछि आर्यन पत्नी सपनालाई पुरा समय दिने तयारीमा छन् ।

आर्यन र सपनाले करिब ४ बर्ष डेट गरेका थिए । यसपछि, उनीहरुले बिहे गर्ने निर्णय गरेका थिए । बिहे अघि सपना आर्यनकी फ्यान थिइन् । फ्यानपछि प्रेमिका हुँदै श्रीमती बनेकी सपनाले अब सन्तानलाई जन्म दिने तयारी गरेकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!