धनकुटा, १७ पुस । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले धनकुटाको साँगुरीगढी गाउँपालिकालाई प्रदेश सरकारले पर्यटकीय गाउँपालिकाका रुपमा विकास गर्ने बताएका छन् ।
अङ्ग्रेजी नयाँ बर्षको अवसरमा भेडेटारमा आयोजित सातौं खाना महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।
भेडेटारको पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर प्रदेश सरकारमा पेश गर्न सम्बन्धित निकायलाई उनले आग्रह पनि गरे ।
होटल एशोसिएसन भेडेटारको आयोजनामा सुरु भएको खाना महोत्सव भोलीसम्म चल्नेछ ।