काठमाडौँ, ४ मंसिर । सधैं चहलपहल हुने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुलटलारमा मानिसहरुको उपस्थिति बाक्लो रहेपनि सबै मौन देखिन्थे । मानिसहरुको भिड भएर पनि त्यहां सन्नटा छाएको थियो ।

Advertisement

सबैको अनुहार मलिन थियो । प्रचण्ड पुत्र प्रकाश दाहालको प्रथम स्मृति दिवसको अवसरमा उपस्थित सबै प्रकाशको संझना गरिरहेका थिए । एक बर्ष अघि हृदयघातको कारण निधन भएका प्रकाशको स्मृतिमा परिवारले निवासमा नै कार्यक्रम आयोजना गरेको थियो ।

प्रकाशको निधन भएपछि जबरजस्त रुपमा सम्हालिएको प्रचण्ड परिवारलाई पुनः एक बर्ष अघिको दुःखद दिनको स्मरणले झन दुःखित बनाएको छ । प्रकाशकी आमा सीता दाहाल पुत्र वियोगमा अझै सम्हालिन सक्नुभएको छैन् ।, आजको नेपाल समाचार पत्रमा यो खबर छ ।

सोमवार खुमलटारमा आयोजित प्रकाश दाहालको पहिलो स्मृति दिवसमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्ड, सीता दाहाल, प्रकाशकी जीवन संगीनी विना मगर भक्कानिएका थिए ।

श्रद्धान्जली कार्यक्रम अवधिभर सीता दाहाल सम्हालिन सक्नुभएन । गहभरी आशु पार्दै सम्हालिनु भएका प्रचण्ड निःशब्द देखिनुहुन्थ्यो । विना मगर श्रीमानको वियोगमा झन सम्हालिन सक्नुभएको थिएन । उपस्थित सबैको आँखा रसाए ।

नेपालीहरूको माया, सद्भाव र प्रेरणा नभइदिएको भए, हाम्रो परिवार विघटन भइसक्थ्यो, भावुक हुँदै प्रचण्डले भन्नुभयो– ‘पार्टी, नेता–कार्यकर्ता, समर्थक–शुभेच्छुकमात्रै होइन सिंगो मुलुककै अपूर्व साथ–सहयोग नपाएको भए परिवारमा अर्को दुर्घटना निम्तन्थ्यो ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!