काठमाडौँ, २ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशव झाले अबको ६ दिनभित्र पार्टीले सरकारबाट समर्थन फिर्ता बताएका छन्।

शनिबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै महामन्त्री झाले भने, ‘सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिन्छौं। काउन्टडाउन सुरु भैसक्यो। हामीले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं। आज चार दिन बितिसक्यो। अब ६ दिन बाँकी छ। हामी अहिले बाध्यकारी अवस्थामा छौं। अब समर्थन फिर्ता लिएर अघि बढ्छौं।’ अाजकाे नागरिक दैनिकमा याे समाचार छ।

नेता झाले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै दशैंअघि समर्थन फिर्ता लिने अल्टिमेटम दिएको स्मरण गराउँदै भने, ‘हामीले त उहाँलाई भेटेरै समर्थन फिर्ता लिनेबारे अल्टिमेटम दिएका थियौं। तर, उहाँले दशैंको टिका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउँछु भन्नुभयो

हामीले चाडपर्व भएकोले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं। तर, आज चार दिन बितिसक्यो संशोधन प्रक्रिया अघि बढाउने कुनै सुरसार देखाएको छैन्।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!