तस्बिर सौजन्य: गिरिराज/ नागरिक दैनिक

चारराते, पाँचथर, १८ कात्तिक । नेपाल–भारत सिमाना चाररातेबाट नेपालतर्फ हेर्दा रूखहरु मासिएको चिल्लो डाँडा देखिन्छ। फाट्टफुट्ट रूखबाहेक भुइँमा मसिना झार मात्र देखिन्छन् । भएका केही रूखहरू पनि केही वर्ष मात्र टिक्लान् जस्तो देखिन्छ ।

कहाँ हराए यहाँका हरिया रूख र बहुमूल्य जडीबुटी भनेर यहाँ आउनेले यस्तै प्रश्न गर्छन्। फेरि भारततर्फ हेरियो भने एकदम हरियाली देखिन्छ। झांगिएका रूखै रूखले भरिएका छन्।

Advertisement

जिल्लाको सीमा क्षेत्र उच्च पहाडी भेगमा पर्छ। जैविक विविधताको धनी मानिएको यो क्षेत्र दिनप्रतिदिन उजाड हुँदै गएको छ । यहाँ पाइने जडीबुटी तथा वन्यजन्तु हराउँदै गएका छन् । भारततर्फ हरियाली भएकाले वन्यजन्तु पनि त्यतैतिर सरेको अनुमान छ।, आजको नागरिक दैनकमा यो खबर छ ।

भारतले सीमा क्षेत्रमा पर्ने वनलाई संरक्षण गरेर राखेको छ। पश्चिम बंगाल र सिक्किम प्रान्तमा पर्ने यस क्षेत्रमा नेसनल पार्क बनाएको छ। यहाँ रूख काट्न त प्रतिबन्ध छ नै भौतिक पूर्वाधार बनाउनसमेत मनाही छ।

सिमानामा भएका सडक र सुरक्षा निकायका भवनहरू बाहेक नयाँ निर्माण गर्न पाइँदैन। वन क्षेत्रमा जथाभाबी प्रवेश पनि निषेध गरिएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!