हेटौंडा, १८ कात्तिक । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा रिक्त रहेकाे भौतिक पूर्वाधार विकास मन्त्री तत्काल नियुक्त नगर्ने भएका छन् । प्रदेशको कामको गति देखाउने मन्त्रालयका मन्त्रीबाट यसअघि काम हुन नसकेपछि मन्त्रीलाई बर्खास्त गरेर मन्त्रालयको जिम्मेवारी हाल आफैले लिएका छन् ।

मन्त्रालयको काम आफैले गर्ने र भौतिक पूर्वाधार विकासका कामको गति बढाएर मात्र नयाँ मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री पौडेलले स्पष्ट पारे । भौतिक पूर्वाधार विकास मन्त्री केशब स्थापितलाई शुक्रबार बर्खास्त गरेपछि मन्त्री बन्न नेकपाभित्र पार्टी नेतृत्वमा लबिङ सुरु भएको छ ।, आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।

Advertisement

तर, तत्काल मन्त्री नियुक्त नगर्ने सोचमा मुख्यमन्त्री पौडेल देखिएका छन् । मन्त्री बन्न प्रदेशका सांसद् नेताको घरदैलोमा दौडधुप गरिरहेको समयमा तत्काल मन्त्री नियुक्त नगरी आफैले कामलाई प्राथमिकता दिने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!