काठमाडौं, १३ कात्तिक । व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एयरलाइन्स ऋणैऋणमा डुब्दै गएको छ। सुरुको ४५ दिनमै यी दुईटाको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो । यो दैनिक एक करोडभन्दा माथि हो ।

अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए । त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ करोड ६६ लाख नाघेको छ । कमाइको तेब्बर खर्च गराउने दुवै जहाजका लागि नयाँ गन्तव्य तय भएको छैन । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

जापान, चीन, कोरिया, अस्ट्रेलियालगायत लामो दुरीमा कसैले पनि अनुमति दिएको छैन । राम्रो कमाइ गरिरहेका अघिल्ला जहजकै ‘सेक्टर’ यिनले खोसेका छन् । यसले गर्दा ‘न्यारो बडी’को कमाइ पनि घटेको छ । स्रोत भन्छ, ‘यही अवस्था रहिरहे एक वर्षमा निगम टाट पल्टिन सक्छ।’

निगम स्रोतका अनुसार भदौ मसान्तासम्म यसको बैंक मौज्दात २० करोड ६८ लाख रुपैयाँ मात्र छ। यो स्वदेश, विदेशका सबै बैंकमा भएको रकम जोडेर आएको हो। जब कि यसले वाडड बडी किन्न र अन्य प्रयोजनमा लिएको ऋणको ब्याज मात्रै वर्षको ३ अर्ब ८५ करोड ३१ लाख ३१ हजार १ सय ५१ रुपैयाँ तिर्नुपर्छ। यो मासिक करिब ३२ करोड ११ लाख हो। ब्याजको दैनिक भार १ करोड ७ लाख रुपैयाँ पर्न आउँछ। सावाँको कुरै छैन !

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!