बिराटनगर, १८ असोज । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई मोरङको रमाईलो स्थित हाटखोलामा बृद्धबृद्धाहरुले सम्मान गरेका छन् ।

Advertisement

सामाजिक सेवामा लागिपर्दै आएका डा.शर्मालाई वृद्धवृद्धा सत्सङ्गालय चौतारी कानेपोखरीले एक कार्यक्रमकावीच सम्मान गरेको हो । सो अवसरमा डा.शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यस्तैगरी कानेपोखरी–६ रमाइलो बस्ने तेजप्रसाद पराजुलीलाई पनि सम्मान गरिएको छ । पराजुलीले सत्सङ्गालय निर्माणका लागि साढे १५ धुर जग्गा निःशुल्क प्रदान गरेका छन् । डा.शर्माले पनि सत्संगालय निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग प्रदान गरेका छन् ।

कार्यक्रममा ९० वर्ष माथिका १३ जना वृद्धवृद्धालाईसमेत सम्मान गरी फलफूल वितरण गरिएको छ । सो अवसरमा बोल्दै वडाध्यक्ष खड्गबहादुर बस्नेत, सत्सङ्गालयका अध्यक्ष उपेन्द्र कार्की, स्थानीय दानबहादुर बस्नेत लगायतले सहयोगीहरुप्रति आभार प्रकट गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!