ईश्वर थापा/संगालोखबर

धनकुटा, १५ असोज । २८ औँ अन्तर्राष्ट्रिय  ज्येष्ठ नागरिक दिवस धनकुटामा प्रभातफेरी र सभा सहित विशेष धुमधामका साथ मनाईएको छ।

प्रभातफेरीमा ६५ वर्षमाथिका जेष्ठ नागरिक अन्तर्राष्ट्रिय ले मानेको हुदाँ नेपालमा कायम हुनुपर्ने, सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नुपर्ने, सरकारले तोकेको भाडा छुट पाउनुपर्ने, सरकारी अस्पतालमा निःशुल्क र नीजि अस्पतालमा ५० प्रतिशत छुटमा उपचार पाउनुपर्ने माग गरेका थिए।

प्रभातफेरी पछी प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो। सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी कार्कीले जेष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताएका थिए।

उनले जेष्ठ नागरिकले सवारीसाधनमा भाडा छुट नपाएको गुनासोको आधारमा अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा ९० वर्ष माथिका ५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा वर्षकुमारी श्रेष्ठ, रामबहादुर श्रेष्ठ, नन्दलाल मिश्र, नरबहादुर डंगोल र मनमाया श्रेष्ठ रहेका छन्।

सोही कार्यक्रममा जेष्ठ नागरिक महिलाका लागि म्युजिकल चियर प्रतियोगिता गरिएको थियो। सो प्रतियोगितामा हिरामाया नेवा खड्गी प्रथम, समुन्द्र श्रेष्ठ दोस्रो र सीता कार्की तेस्रो भएका थिए।

जेष्ठ नागरिक जिल्ला संघ र नगर संघ धनकुटाको आयाजनामा भएको कार्यक्रम जेष्ठ नागरिक जिल्ला संघ धनकुटाका अध्यक्ष रामबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!