ईश्वर थापा/संगालोखबर

धनकुटा, १५ असोज । डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सवारी चालकका लागि एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

Advertisement

कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड अन्तर्गत सरस्वती चोक नजिक सडकमा नै शिविर आयोजना गरिएको नेत्र ज्योति संघका अध्यक्ष द्रोणप्रसाद गुरागाईले जानकारी दिए ।

धनकुटा नगरपालिका वडा नं.–६ को समन्वय र नेत्रज्योती संघ धनकुटाको प्राविधिक सहयोगमा आँखा परिक्षण गरिएको थियो। शिविरमा १ सय १२ जनाको आँखा परिक्षण गरिएको ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए। परिक्षणको क्रममा अधिकांश सवारी चालकमा एलर्जीको लक्षण देखिएको र ४५ जना विरामीलाई निःशुल्क औषधि वितरण गरिएको थियो।

दुर्घटनाको एउटा कारण चालकको आँखामा समस्याको कारण पनि सवारी दुर्घटना हुने भएकाले गर्दा जोखिम न्यूनिकरण गर्ने उदेश्यले शिविर संचालन गरिएको खड्काले बताए। ‘दृष्टि सबैको अधिकार’ भन्ने नाराका साथ सम्पन्न शिविरको उद्घाटन जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक सुरेन्द्र बहादुर तामाङ्गले आँखा जाँच गरेर गरेका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!