धनकुटा, १२ असोज । जिल्लामा पुर्व माओवादी केन्द्र र नेकपा एमाले बीच एकता कार्य पुरा भईनसकेको अवस्थामा धनकुटामा नेकपा माओवादी केन्द्रको पुरानै नामको पार्टी गठन भएको छ । यसलाई पुर्व माओवादी केन्द्रकै रुपमा पुनर्गठन गरिएको दावी गरिएको छ ।
केन्द्रले धनकुटाको हिलेमा ३१ सदस्यीय जिल्ला तदर्थ समिति गठनपछि सुक्रवार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको हो । पार्टीका पोलिटव्युरो सदस्य डम्बर सुब्बाले प्रचण्ड नेतृत्वको पार्टीले जनयुद्धको मुद्दा छोडेकाले पार्टी पुनर्गठन गरिएको जानकारी दिए ।
उक्त पार्टीका इन्चार्ज गंगाराम गोम्देनले प्रचण्डले पार्टी एमालेमा विलय गराएकोले पुनर्गठन गरिएको पार्टीले जनयुद्ध र सर्वहाराको अधिकार रक्षा गर्ने दावी गरे । पार्टिमा संयोजक सुदर्शन राई, सदस्य अतिकुमार रसाईली रहेका छन् ।