इटहरी, ११ असोज । इटहरी उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्षमाथि बिहीबार हातपात भएको छ।

वडा कार्यालयको आयोजनामा भईरहेको महिला प्रशिक्षण कार्यक्रममा मन्तव्य राखिरहेका वडाध्यक्ष बालकृष्ण बिष्टमाथि हातपात भएको हो। स्थानिय कुमार गिरीले बिष्टमाथि हातपात गरेको प्रहरीले जनाएको छ।

हातपात गर्ने गिरीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको जनाएको छ। स्थानिय मन्दिरको बिषयमा गिरीले आफुलाई हातपात गरेको बिष्टले जानकारी दिए।

मन्दिरको बिषयमा देखिएको विवादमा आफुसँग बसेर छलफल गर्नुको सट्टा सार्वजनिक कार्यक्रममा आएर हातपात गर्नु निन्दनिय रहेको र आफ्नो बेइज्जत गर्न खोजेको भन्दै बिष्टले गिरीलाई कडा कारबार्ही गर्न प्रशासन समक्ष माग गरेका छन।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!