
धनकुटा, ९ असोज । तेह्रथुमको लालिगुराश नगरपालिका वडा न ४ चित्रे बजारमा मंगलबार बेलुका करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय दीपक रायमाझिको घरमा टीन ठोक्ने क्रममा माथिबाट गएको हाइटेन्सन लाइनमा ठोकिएर करेन्ट लागेर धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. १ का ५० वर्षिय भैरव बहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्टले सरिरका विभिन्न भाग जलेपछि तत्काल उनको मृत्यु भएको धनकुटा प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।















