धनकुटा, ९ असोज । अखिल (क्रान्तिकारी) र अनेरास्ववियु क्याम्पस समितिले मंगलबार धनकुटा बहुमुखी क्याम्पस हातामा संयुक्त रूपमा सरसफाइ कार्यक्रम आयोजना गरेका छन् ।
सरसफाई कार्यक्रममा अखिल (क्रान्तिकारी) र अनेरास्ववियु आवद्ध विद्यार्थीको उत्साहजनक सहभागिता थियो । सरसफाईमा सम्लग्न विद्यार्थीले क्याम्पस सफा राख्न र उत्पादन भएको फोहोर वस्तु आफै व्यवस्थापन गर्न नियमित रुपमा अभियान थालिने बताए ।
फोहोरलाई वर्गिकरण गरि व्यवस्थापन गर्न र क्याम्पस आसपासको क्षेत्र सफा राखिनु पर्ने अखिल (क्रान्तिकारी) क्याम्पस समितिका सहसचिव साजन राईले बताए ।
क्याम्पस प्रशासनले समेत सरसफाईका लागि उचित ध्यान दिनु पर्ने सहभागिले बताएका छन् ।