ईश्वर थापा/संगालोखबर

धनकुटा, ८ असोज । धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्सले प्रशिक्षार्थीबाट भारी शुल्क लिने गरेको खुलासा भएको छ । विद्यार्थी भर्नामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद भक्तपुरले तोके भन्दा बढि शुल्क लिएपछि विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् ।

Advertisement

निर्धारण गरिएभन्दा बढि शुल्क लिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले सोमवार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै विरोध जनाएका छन् ।

शुल्क वृद्धि कुनै पनि हालतमा स्वीकार्य नहुने अनेरास्ववियु जिल्ला संयोजक अकिंत थापा र अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला अध्यक्ष पदमराज रखालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसैगरी विधी, पद्धती भन्दा बाहिर गएर प्रशिक्षार्थीबाट मनोमानी ढंगले लिएको शुल्कबाट असहज भएको हुँदा यस्तो कार्य तत्काल रोकी तोकेको शुल्क कायम गर्न आव्हान गरिएको छ । अनावश्यक रुपमा लिएको शुल्क तत्काल फिर्ता गर्न समेत माग गरिएको छ ।

‘दुईदिन भित्र सम्पूर्ण विद्यार्थीहरुबाट लिइएको बढी शुल्क फिर्ता गरि समस्या समाधान गर्न क्याम्पस प्रशासनलाई जानकारी गराइन्छ’ विज्ञप्तीमा भनिएको छ ‘अन्यथा संयुक्त विद्यार्थी संगठनबाट जस्तोसुकै कदम चाल्न सकिने र उक्त कुराको जिम्मेवारी स्वयम् क्याम्पस प्रशासनले लिनुपर्ने छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!