धनकुटा, ७ असोज । सुरक्षाको माग राख्दै नेपाली कांग्रेसको भगिनी संगठन महिला संघले आइतवार धनकुटामा नारा जुलुश प्रदर्शन गरेको छ ।
कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको जुलुशले बजारका विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी सीताराम कार्की समक्ष ज्ञापन पत्र बुझाएको पार्टी सचिव विजयसन्तोषी राईले जानकारी दिए ।
उनीहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या र अन्य बढ्दो घटनाका दोषीलाई पक्राउ गरि कारवाहिको माग गरेका छन् ।
१ नम्वर प्रदेशका सांसद तथा महिला संघ धनकुटाका अध्यक्ष लीला सुब्बा र कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राई, कांग्रेस जिल्ला सदस्य सीता श्रेष्ठ लगायतले घटना बढ्दै गएको भन्दै सरकारको ध्यान जानु पर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी मार्फत सरकार प्रमुखलाई ज्ञापन पत्र बुझाईएको थियो ।