संगालोखबर सम्वाददाता

धनकुटा, ६ असोज । नेपाल तरुण दल साँगुरीगढीले शनिवार भेडेटारको थुम्कीमा जनप्रतिनिधिहरुलाई सम्मान र क्यान्सरपीडितलाई सहयोग गरेको छ । स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।

Advertisement

सम्मानीत हुनेमा साँगुरीगढी–५ का वडाध्यक्ष पलकवहादुर वस्नेत, वडा सदस्य संगिता तोलांगी, वडा नं. ६ का वडाध्यक्ष यमप्रकाश मगर, वडा सदस्यहरु सुन वहादुर राई, महोनलाल लिम्बु, शान्तिमाया राई, धनमाया विक, वडा नं. ७ का वडा सदस्यहरु गोकुल वहादुर राई, कमारी विक र वडा नं. १० का वडा सदस्य हरिभक्त राई छन् ।

त्यस्तै चौविसे गाउँपालिका वडा नं.४ का वडाध्यक्ष नगेन्द्र (जिवन) तामाङ, सदस्य लक्ष्मी पौडेल, वडा नं. ६ का वडाध्यक्ष दुर्गा वहादुर सुवेदी, वडा सदस्य सन्त कुमारी लिम्बु, महालक्ष्मी नगरपालिका वडा नं. २ का वडाध्यक्ष ध्रुव राय, वडा नं. ४ का वडाध्यक्ष यज्ञ (भरत) चापागाई र सहिदभूमी गाउपालिका वडा नं. १ का वडाध्यक्ष अशोक राईलाई सम्मान गरिएको छ ।

त्यस्तैगरी धनकुटा नगरपालिका वडा नं. ४ का वडा सदस्य दुर्गा निरौला अधिकारी, वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई, वडा सदस्यहरु रोशन श्रेष्ठ, सिता श्रेष्ठ, गोविन्द्र राई, अम्विका परियार, वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा सदस्यहरु मिलन कुमार खड्गी, बेणु वस्नेत, हिरादेवी राई र मुना रम्तेललाई सम्मान गरिएको कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले संगालोखबरलाई जानकारी दिए ।

जनप्रतिनिधिहरुलाई प्रदेश सांसद लिला सुब्बा, कांग्रेस जिल्ला सभापति अग्नीप्रसाद पौडेल, पूर्व सभापति हरी कुमार राई, जिल्ला सचिव राई, कोषाध्यक्ष तथा तरुण दलका जिल्ला अध्यक्ष दिनेश राई, जिल्ला सदस्य नेपालधन राई, क्षेत्रिय सभापति जितेन्द्र राई, तरुण दलका वरिष्ठ उपाध्यक्ष धिरज साङ्बो लगायतले अविर, टिका तथा खादा लगाएर सम्मानपत्र प्रदान गरेका थिए ।

सम्मानीत भएपछि बोल्दै जनप्रतिनिधिहरुले अझै जनताको पक्षमा काम गर्न सम्मानले उर्जा थपेको बताएका छन् ।

क्यान्सरपीडितलाई सहयोग

यसैवीच सोहि कार्यक्रमकै अवसर पारेर उदयपुरका क्यान्सरपीडित विकास राईको उपचारार्थ ७० हजार आर्थिक सहयोग उपलब्ध गराईएको छ । क्यान्सरपीडित राई नेपाल तरुण दल उदयपुरका नेता महेश राईका दाजुसमेत हुन् ।

नेपाल तरुण दलको पहलमा फन लवर्स ग्रुप कोरियाका पुण्य तामाङ, भरत आले लगायतले संकलन गरी पठाएको ५० हजार र नेपाली कांग्रेस धनकुटाका नेता कार्यकर्ताहरुले संकलन गरेको २० हजार ७ सय गरी जम्मा ७० हजार ७ सय रुपैया सहयोग उपलब्ध गराईएको कांग्रेस जिल्ला सचिव राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!