मस्को, ५ असोज । रसिया र चीन बिरुद्ध लक्षित पछिल्ला अमेरिकी प्रतिबन्धहरु विश्वको स्थायित्वका लागि खतरा रहेको रुसले जनाएको छ । रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगोसँग खेल्न चाहेको प्रतिक्रिया दिनुभयो ।

Advertisement

मन्त्री सेर्गेइले रुस–अमेरिका सम्बन्धमा तनाब निर्माण गर्दा विश्वमा स्थायित्व आउँछ भन्नु मुर्खता मात्र हो भन्नुभएको छ । “आगोसँग खेल्न खोज्नु मूर्खता हो, यसको परिणाम खतरनाक हुन सक्दछ,” उहाँले भन्नुभयो ।

बिहीबार, संयुक्तराज्य अमेरिकाले रुसदेखि चीनसम्मका देशमाथि प्रतिबन्धहरु लगाएको थियो । अमेरिकाले रुसी लडाकू बिमान र क्षेप्यास्त्र खरिद गर्ने एउटा चिनीया सैनिक संस्था बिरुद्ध दण्डात्मक सजाय गर्ने घोषणा गरेको थियो ।

अमेरिकी विदेश मन्त्रालयले समेत ३३ वटा रुसी जासूसी तथा सैनिक–सम्बद्ध पक्षहरुलाई नाकाबन्दीको कालोसूचीमा राखेको घोषणा गरेको थियो । यी सबै यसअघि नै अमेरिकी प्रतिबन्धको सूचीमा रहेका रुसी व्यक्ति र कम्पनी थिए ।

अमेरिकी प्रतिबन्ध व्यहोर्ने व्यक्ति र कम्पनीहरुमा प्रतिरक्षा सम्बद्ध कम्पनीहरु, जीआरयू सैनिक जासूसी निकायका अधिकृतहरु तथा इन्टरनेट अनुसन्धान एजेन्सीसँग आबद्ध व्यक्तिहरु रहेका छन् ।

प्रतिबन्ध घोषणा गरिएका ३३ मध्ये २८ वटा बिरुद्ध २०१६ को अमेरिकी चुनावको धाँधलीको अनुसन्धान गरिरहेको रोबर्ट मूलरको छानबिन समितिले आरोपित गरेका हुन् ।

उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले हालसम्म अमेरिकाले जतिसुकै प्रतिबन्धहरु घोषणा गरे पनि रुसले आफ्नो नीतिमा परिवर्तन नगरेको स्पष्ट गर्नुभयो । “अमेरिकी कालोसूची पटकपटक लागिरहेकै छ । यो हास्यास्पद छ तर उसले लगाइआएको छ,” उहाँले बताउनुभयो । “यस्तो लाग्छ प्रतिबन्धहरु घोषणा गर्नु अमेरिकाका लागि मनोविनोद हो ।”

उहाँले सन् २०११ यता अमेरिकाले रुस बिरुद्ध घोषणा गरेको यो ६० औं प्रतिबन्ध हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!