ईश्वर थापा/संगालोखबर

धनकुटा, ५ असोज । धनकुटाको महालक्ष्मी नगरपालिका–५ रामबजारकी ६१ वर्षीया शुककुमारी राई अरुण नदीमा बेपत्ता भएकी छन् ।

Advertisement

बिहीबार बिहान करिव ५ बजे घरमा कसैलाई नसोधी हिडेकी राई अरुण नदीमा डुवेर बेपत्ता भएको प्रहरीको आशंका छ ।

घरबाट सम्पर्कबिहिन भएपछि खोजी गर्ने क्रममा साँझ आपँडाडा स्थित अरुण नदी किनारमा उनको टर्चलाइट, चप्पल, घडि र पैसा बोक्ने थैली भेटिएको छ ।

नदी किनारमा उनका सामानहरु भेटिएकाले नदीमा डुवेर बेपत्ता भएको हुनसक्ने आशंका गरिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङले बताए ।

आफन्त र प्रहरीले बेपत्ता राईको खोजी गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!