सुनसरी, ४ असोज । सुनसरीको हरिनगर गाउँपालिकामा एक व्यक्तिको गोली हानी हत्या गरीएको छ । हरिनगर गाउँपालिका–४ मा स्थानिय विद्यालयका शिक्षक खुर्सिद आलम अन्सारीलाई भारतीय नं प्लेट भएको मोटरसाइकलमा सवार व्यक्तिले गोली हानी हत्या गरेका हुन् ।

Advertisement

हरिनगर गाउँपालिकाका वडाध्यक्ष गफार अन्सारीका अनुसार हत्या गरी फरार हुनेको प्रहरीद्वारा खोजी कार्य भइरहेको छ । आज पौने एघार बजे मोटरसाईकलमा आएका दुई जना हतियाधारी समूहले रामनगर भुटाहा बजारमा गोली हानी आलमको हत्या गरेको उनले बताए ।

गोली हानी मोटरसाईकलमा भारतीय सीमा तर्फ भाग्दै गरेका दुबै जना सुटरहरुलाई घुस्कीमा रहेको प्रहरी चौकीका प्रहरीहरुले छेकेर पक्रन खोज्दा प्रहरीलाई समेत गोली हानी उनीहरु भाग्न सफल भएका थिए ।

गोली लागेका दुबै जना प्रहरीको अवस्था गम्भीर रहेको स्थानीयहरुले जानकारी दिएका छन् । घाइते प्रहरीको विराटनगरको नोबेल अस्पतालमा लगिएको छ ।उनीहरु प्रहरीलाई गोली हानेर घुर्ना बजारतर्फ भागेको बताईएको छ ।

अहिले सीमा क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । प्रहरीका जिल्ला स्थिति सुरक्षा प्रमुखहरुसमेत सोही क्षेत्रमा रहेको बताईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!