प्रेम देवान/संगालोखबर

मोरङ, १ असोज । सौर्य एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि विराटनगर बिमानस्थलमा ग्राउन्डेड भएको छ । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ आउने क्रममा सोमबार विहान साढे ८ बजे उक्त जहाजमा चरा ठोक्किएको थियो ।

Advertisement

चरा ठोक्किएका कारण बायाँ पङ्खामा सामान्य क्षति भएकाले जहाज विराटनगर विमानस्थलमा अवतरण भएपछि ग्राउन्डेड भएको नेपाल नागरिक उड्यन प्राधिकरण विराटनगर क्षेत्रीय शाखाका निमित्त प्रमुख सन्तोष ढकालले संगालोखबरलाई जानकारी दिए ।

जहाजमा चरा ठोक्किएपछि पंखामा क्षती पुगेकाले जहाज नै उडान गर्न नसक्ने अबस्थामा पुगेको सौर्य एयरलाईन्सका बिराटनगर स्टेशन प्रमुख प्रकाश पौडेलले बताए ।

यात्रुको सुरक्षाका कारणले जहाज उडाउन नसकिने उनले जानकारी दिए । जहाजमा चरा ठोक्किएको धेरै समयपछि विराटनगर ल्याण्ड गर्नै लाग्दा कन्ट्रोल टावरले बिमानमा खराबी आएको जानकारी गराएपछि मात्र बिमान चालकले समस्याको बारेमा थाहा पाएका थिए ।

बिमान २ दिन बिराटनगर मै ग्राउण्डेड गरिएको र पुर्ण तयार भएपछि नियमित उडान गरिने बिराटनगर स्टेशन प्रमुख पौडेलले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!