संगालोखबर सम्वाददाता

धनकुटा, २० भदौ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट लिम्बुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद धनकुटाले कर नतिर्न सर्वसाधरणलाई उर्दी जारी गरेको छ ।

Advertisement

स्थानीय तहले मनोमानी रुपमा कर बढाएकाले त्यसको बिरोध गर्दै कर नतिर्न जनपरिषदले उर्दी जारी गरेको हो ।

जनपरिषदका धनकुटा प्रमुख निषेध थापाले बुधबार अपिल पत्र जारी गरेर कर आतंकको बिरोध गर्दै कर नतिर्न आग्रह गरेका छन् । सामान्य श्रमिक, किसानको उत्पादनमासमेत कर लगाएर जनतामा कर आतंक मच्चाईएको अपिलमा उल्लेख छ ।

असामान्य ढंगले बढाईएको करले जनजिविकालाईनै धरापमा पार्ने जनपरिषदको ठम्याई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!