संगालोखबर सम्वाददाता

भोजपुर, २० भदौ । आफ्नै आमा बलात्कार गर्ने छोरालाई जिल्ला अदालत भोजपुरले जन्मकैदको फैसला सुनाएको छ ।

Advertisement

आमालाई बलात्कार गरेको अभियोगमा साल्पासिलिछो गाँउपालिका दोभानेका २७ बर्षीय एक व्यक्तिलाई अदालतले २७ वर्ष कैद सजाए सुनाएको हो ।

गत असार ३ गते राति आफ्नै ६२ वर्षीय आमालाई पटक–पटक बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । जिल्ला न्यायाधीस हरिश्चन्द्र इङ्गनामको इजालसले उनलाई २७ बर्षको कैद फैसला सुनाएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी मणिराम पोख्रेलले जानकारी दिए ।

अदालतले अभियुक्तलाई बलात्कारको अभियोगसँगै हाडनाता करणीतर्फको पनि कैद सजाय सुनाएको हो । गत असार ३ गतेभन्दा अगाडि पटक–पटक छोराले बलात्कार गरेपछि आमा गाँउपालिकाको न्यायिक समितिमा खबर गर्न पुगेकी थिइन् ।

समितिलेनै मुद्दालाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा पठाएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!