प्रेम देवान/संगालोखबर

बिराटनगर, १८ भदौ । एसियाकै सबैभन्दा ठूलो जगन्नाथपूरीपछिको दोस्रो ठुलो मानिएको राधाकृष्ण रथयात्रा आज विराटनगरमा निकालिदैछ । स्थानीय तिनपैनीबाट दिउँसो ३ बजे ५१ औं राधाकृष्ण रथयात्रा निकाल्ने तयारी गरिएको छ ।

Advertisement

राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पुनः मन्दिर परिसरसम्म रथयात्राका लागि ७ किलोमिटर दुरी तय गरिएको छ  । भक्तजनका लागि रथयात्राको दर्शन र पूजा गर्न ४३ ठाउँमा विश्राम दिने व्यवस्था मिलाईएको छ ।

नेपाल र भारतका गरी ५ लाख बढी भक्तजनले रथयात्राको प्रत्यक्ष अवलोकन, दर्शन र पूजापाठ गर्ने समितिको दाबी छ । प्रदेश सरकारले उक्त दिन मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदा दिने निर्णय यसअघि नै गरीसकेको छ ।

१९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएदेखि खट यात्राबाट सुरु भएर २०२५ सालदेखि रथयात्राको निर्माण गरी कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्णको प्रतिमा राखेर रथयात्रा निकाल्ने परम्परा छ ।

मन्दिर निर्माणका लागि सज्जन पौडेल, सोमराज मुखिया पौडेल र कृष्णप्रसाद पौडेलले प्रदान गरेको जग्गामा पण्डित इन्द्रलाल भट्टले मन्दिर स्थापना गरी खट यात्रा सुरु गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!