काठमाडौँ, १२ असार । लियोनल मेसीले आफुलाई प्रमाणित गर्ने समय आएको छ ।

Advertisement

विश्वकपमा गोल गर्दै अर्जेन्टिाको निराशजनक प्रदर्शन भुलाएर टोलीलाई नकआउट चरणमा पुर्याउने र विश्वकै उत्कृष्ट स्ट्राईकर भए पनि सधैँ प्रमुख प्रतियोगितामा स्तरअनुसार प्रदर्शन गर्न नसकेको भन्दै हुने आलोचनालाई गलत साबित गर्ने ।

आईतबार ३१ औँ जन्मदिन परे पनि मेसीले जन्मदिन मनाएनन् । उनी मंगलबार नाईजेरियाविरुद्धको खेलमा जित हात पार्दै आफ्नो क्षमता प्रमाणित गर्न चाहन्छन् ।

अर्जेन्टिनामाथि विजयी नतिजा हात पारे नाइजेरिया अन्तिम १६ मा प्रवेश गर्नेछ । बराबरीको नतिजाले पनि नाईजेरियाका लागि अघिल्लो चरण प्रवेशको ढोका खोल्नेछ ।

तर, त्यसका लागि समुहकै अर्को खेलमा क्रोएसियाले आईस्ल्यान्डलाई पराजित गर्नुपर्नेछ । आईस्ल्यान्डको पक्षमा नतिजा आएमा नाईजेरियाले गोलअन्तरमा निर्भर हुनुपर्नेछ ।, नागरिक दैनिकमा  खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!