काठमाडौँ, ६ असार । सर्वोच्च अदालतले २०५६ जेठ ३१ गते थापाथली प्रसुतिगृह छेउको पाञयनघाटदेखि बागमति किनारमा काुनन् मिचेर बाटो बनाएको देखिएकाले निर्माण रोक्नु र अनभिकृत बाटो निर्माण कार्य गर्न गराउन नदिनु भन्दै सर्वोच्च अदालतले २०५६ जेठ ३१ गते धार्मिक सांस्कृतिक र पुरातात्त्विक महत्त्वको स्थान संरक्षण गर्न आदेश दियो।

Advertisement

नागरिक दैनिकका अनुसार सोही बर्ष असार २९ मा बागमती नदीको स्वच्छता कायम राख्न सरकारमा नाममा परमादेश जारी भयो । तर दुवै आदेश कार्यान्वयन भएनन् ।

स्थानीय प्रशासन र काठमाडौं महानगरपालिकाका नाममा सर्वोच्चले यस्तो आदेश दिएको थियो । २०६८ वैशाख १९ मा वागमती र सहायक नदीमा फोहोर फाल्न, बालुवा झिक्न, मापदण्डविपरीत घरटहरा निर्माणमा रोक लगाउन आदेश दिँदै सर्वोच्चले सरकारसँग प्रतिवेदन माग्यो।

यस्तै २०७० फागुन ११ मा नदीको सीमांकन गर्न र अव्यवस्थित बस्ती  नदी किनारबाट अन्यत्र सार्न सरकारका नाममा अर्को आदेश जारी गर्‍यो। सर्वोच्च अदालतले पटकपटक दिएका यस्ता निर्देशनात्मक आदेश कार्यान्वयनमा सरकार अटेरी बन्दै आएको छ।

बाटोघाटो, नदीनाला, सार्वजनिक जग्गा जस्ता सार्वजनिक सरोकारसँग सम्बन्धित विषयमा भएका आदेश कार्यान्वयनमा सरकारले बेवास्ता गर्दै आएको हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!