काठमाडौँ, ३ असार । अस्थायी शिक्षकको आन्तरिक परीक्षा स्थगित गरेको शिक्षक सेवा आयोगले खुलातर्फ १२ हजार ७ सय ३९ पदका लागि विज्ञापन गरेको छ।
आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाका अनुसार प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमाविमा १ हजार ६ सय ३५ र माविमा १ हजार १ सय ८ संख्यामा विज्ञापन खुलाइएको हो।विवादित अस्थायी शिक्षकको आन्तरिक परीक्षा र खुला प्रतिस्पर्धा सँगसँगै लिने गरी विज्ञापन गरिएको आयोगले जनाएको छ ।
‘खुलाको विज्ञापन भएपछि स्थगित अस्थायी शिक्षकको परीक्षा मिति पनि तोक्छौं,’ उनले भने । खुलातर्फ मावि, निमावि र प्रावि तहको परीक्षा क्रमशः आगामी असोज ११, १२ र १३ गते तोकिएको छ।
खुलातर्फ २०७२ असोज ३ देखि २०७४ फागुन मसान्तसम्मको रिक्त दरबन्दीको विवरणका आधारमा विज्ञापन खुलाइएको हो । अध्यापन अनुमतिपत्र ९लाइसेन्स० लिएकाले खुला प्रतिस्पर्धा गर्न पाउनेछन् । आजको कान्तिपुरले यो खबर छापेको छ ।