
काठमाडौं, ६ जेठ । नेपाली कलाकारिता क्षेत्रमा नाम कमाउन र चर्चा बटुल्नका लागि विभिन्न हर्कत अपनाउने गरिन्छ ।
अर्चना पनेरुदेखि तिर्सना बुढाथोकीसम्मले कस्तो चर्तिकला देखाए चर्चा गरिरहनुपर्दैन । तर, एक नेपाली चेली जो अहिले निकै चर्चामा छिन् । उनले देखाएको कलाकै कारण भाइरल बनेकी हुन् । उनले गाली होइन ताली पाएकी छन्, उनको नाचले विश्वभर चर्चा पाएको छ ।
त्यसो त कलाको कुनै भाषा र सीमा पनि हुँदैन, यसले सबैलाई आकर्षित र मन्त्रमुग्द बनाउँछ । यस्तै परिणाम देखायो नेपाली डान्सर युवती आश्मा विश्वकर्माका लागि पनि । वास्तवमा उनी नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन क्रुज’मा आवद्ध छिन् ।
उनको ‘डामे तु कोसिता’ले विश्वभर चर्चा पाइरहेको छ । भाइरल भएको छ । युट्युबमा अपलोड गरिएको एक महिनामै उक्त भिडियोले झण्डै दुई करोड दर्शक पाएको छ ।
कस्तो नाचेकी छिन् त आश्मा बाँकी भिडियो बाटै…















