दमक, ३१ वैशाख । झापाको दमक स्थित सुर्योदय बोर्डिङले राष्ट्रियतामा खेलवाड गरेको पुष्टि भएको छ ।

Advertisement

उसले कक्षा १ का बिद्यार्थीहरुलाइ आफून मदरल्याण्ड अर्थात जन्मभूमि भारत भनेर पडाउने गरेको र राष्ट्रिय झण्डा सहित सबै भारतको नै उल्लेख भएका कितावहरु पढाउने गरेको पाईएको हो ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारी सहितको टोलीले बिद्यालयमा गएर बुझ्दा यो पुष्टि भएको पाईएको हो । नगर शिक्षा अधिकारी शलिकराम काफ्लले बिद्यालयमा यस प्रकारको पुस्तक पढाउने गरेको पाईएको छ ।

सोमबार विहान अनुगमन गर्दा यो पाईएको उनले स्वीकार गरे ।

अब यस बिषयमा के गर्ने भन्ने निर्णय हुने बताइएको छ । यो बिद्यालयमा सर्वसाधरण बिद्यार्थीहरुलाइ पढ्न बञ्चित गराइने गरेको छ ।

सोर्सफोर्स र पहुचवालालेमात्र यहाँ पढाउन पाउछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!