ईश्वर थापा/संगालोखबर

धनकुटा, ३० बैशाख । नेपाल बिद्यार्थी संघ आवद्ध बिद्यार्थीहरुले आज धनकुटा बहुमुुखी क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गरेका छन् ।

बिद्यार्थीले उठाएका माग संबोधनमा क्याम्पस प्रशासनले चासो नदेखाएको विरोधमा नेविसंघ आवद्ध बिद्यार्थीले क्याम्पस प्रमुख निरञ्जन वस्तीको कुर्सी बाहिर निकालेर जलाएका हुन् ।

Advertisement

उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गर्दै टेवल र कुर्सी पनि फुटाएका छन् ।

नेवी संघले क्याम्पसको शैक्षिक सुधारका लागि भन्दै गत २१ गते क्याम्पसमा ११ बुदेँ माग पत्र बुझाएर माग संबोधनका लागि ७ दिने अल्टिमेटम दिएको थियो ।

तर, ११ दिनसम्म पनि माग सुनुवाई नभएकाले क्याम्पस प्रमुखको कुर्सी जलाईएको नेविसंघ क्याम्पस इकाई सभापति सरोज धमलाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

क्याम्पसको शैक्षिक सुधारका लागि क्याम्पस प्रमुखलाई पटक–पटक लिखित तथा मौखिक रुपमा अनुरोध गरेपनि कुनै सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको जनाउँदै नेविसंघले अझै पनि माग संबोधनमा चासो नदेखाए थप आन्दोलन चर्काउँने चेतावनी पनि दिएको छ ।

यता क्याम्पस प्रमुख वस्तीले नेविसंघले उठाएका माग संबोधनका लागि उसको माउ पार्टीसँग छलफल गरि माग सुनुवाईको विषयमा तयारी गरिरहेको जानकारी दिएका छन् ।

तर, बिद्यार्थी आगजनी र तोडफोडमा उत्रनु गलत भएको क्याम्पस प्रमुख वस्तीले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!