संगालोखबर सम्वाददाता

धनकुटा, ३० बैशाख । धनकुटाको रुद्रवारीमा गस्तीमा रहेको प्रहरीको गाडीमाथी ढुंगा प्रहार भएको छ । बन्दका क्रममा सुरक्षा तैनाथीका लागि गस्तीमा रहेको प्रहरीको गाडीमा बिहान ढुंगा प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

ढुंगाले लागेर जिल्ला प्रहरी कार्यालयको ना.१ ज.१३३४ नम्बरको गाडीमा सामान्य क्षति पुगेको प्रहरी निरीक्षक आमोद खेरवारले संगालोखबरलाई जानकारी दिए ।

गाडीमा ढुंगा प्रहार भएपछि प्रहरीले थप सुरक्षा तैनाथी बढाएको छ ।

यसैवीच बन्दकर्ता भएकोे आसंकामा प्रहरीले धनकुटाको बाघेखोला नजिकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुठिटारका ६० बर्षीय ध्यानबहादुर तामाङ छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!