काँकडभिट्टा, २६ बैशाख । पूर्वाञ्चलमै पहिलोपटक एडी म्यूजिक एकाडेमीले ७ लाख रुपैयाँको लागतमा मेचीनगरमा ज्याम हल सञ्चालनमा ल्याएको छ ।

Advertisement

सङ्गीत क्षेत्रमा रुची भएका व्यक्तिहरुलाई ध्यानमा राखेर मेचीनगर–६ स्थित काँकडभिट्टामा आजदेखि सो हल सञ्चालनमा ल्याइएको हो ।

हलमा सङ्गीतमा रुची भएका व्यक्ति तथा समूहले सङ्गीतको अभ्यास गर्न पाउनेछन् । यस वापत प्रतिघण्टा ४ सय रुपैयाँ शुल्क तिर्नु पर्ने हलका सञ्चालक अर्जुन दाहालले बताउनुभयो ।

सञ्चालक दाहालले पूर्वाञ्चलमा साङ्गीतिक क्षेत्रमा काम गर्ने धेरै भए पनि अहिलेसम्म हल नहुँदा समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार काँकडभिट्टामा सञ्चालनमा ल्याइएको यो हल पूर्वाञ्चलमै पहिलो हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!