संगालोखबर संवाददाता

धनकुटा, २४ बैशाख । ८८ औं समाज सुधार दिवस सोमबार विविध कार्यक्रम गरेर मनाइदैछ । किराँत धर्मगुरु तथा नेपालका १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले विक्रम सम्बत् १९८८ बैशाख २४ गते पाँचथरको सिलौटीमा १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीवि बोलाई महाचुम्लुङ सभा गरि धर्मिक सुधारका लागि १० बुँदा जारी गरेका थिए ।

Advertisement

त्यसै दिनको सम्झनामा किराँती समूदायले हरेक वर्ष वैशाख २४ गते किराँत समाज सुधार दिवस मनाउँदै आएको आदिवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष सञ्जयसन्तोषी राईले बताए । महागुरु फाल्गुनन्दले आयोजना गरेको चुम्लुङ (सभा) ले समाज सुधारको मुचुल्का जारी गरेपछि गाउँगाउँमा मन्दिर तथा पाठशालाहरु बन्न थालेको बताईन्छ ।

बालबालिकाहरुलाई लेखपढ गर्न सिकाउने, छोरा र छोरीलाई बराबरी व्यवहारको थालनी भएको थियो । उनको यहि सामाजिक योगदानलाई कदर गर्दै नेपाल सरकारले फाल्गुनन्द लिङदेनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपालको पूर्वी पहाडी क्षेत्रमा किराँतहरुको वसोवास बढी छ । उनीहरुले आज विशेष कार्यक्रम गरेर यो दिवस मनाउँदै छन् ।

धरानको बुढासुब्बामा टुप्पो नभएका बाँसहरु छन् । अन्तिम लिम्बु राजा वुद्धि कर्ण राय खेवागंले एकैफेरमा तीर हानेर हात्ती मार्न नसकेको झोँकमा जथाभावी तीर चलाएर ती वाँसको टुप्पाहरु छिनाएको भन्ने विश्वास रहेको आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष राईले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement