ईश्वर थापा/संगालोखबर

धनकुटा, २९ चैत । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) को सातौं जिल्ला सम्मेलनबाट पदम रखाल मगर अध्यक्षमा निर्वाचित भएका छन् ।

बिहीबारराति सम्पन्न सम्मेलनले रखालको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रविन मग्राती, संगिता कटुवाल, सचिवमा शुक्रराज लिम्बू, सह–सचिवमा सिताराम लिम्बू, सुस्मिता राई र कोषाध्यक्षमा नविन पौडेल चयन भएका छन् ।

सम्मेलन उद्घाटन गरिदै (वाँया) र निर्वाचित अध्यक्षका साथमा नेताहरु (दाँया)।

सम्मेलन उद्घाटन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष विजय गौतमले शिक्षामा देखिएको विभेद अन्त्य गर्न सरकारले निजी विद्यालय बन्द गर्नुपर्ने बताए ।

शिक्षाको गुणस्तर घट्दो अवस्थामा रहेकाले सरकारी विद्यालयको विकास गरि प्राबिधिक शिक्षा ल्याउनुपर्ने गौतमको भनाइ छ ।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज उज्जवल किराँती, सह–इन्चार्ज ऋषिराम ढुंगाना, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मदन भट्टराई, केन्द्रीय अनुशासन आयोगका सचिव गञ्जु प्रधान, पूर्व केन्द्रीय सचिव मिलन बास्तोला, धनकुटा इन्चार्ज हेमचन्द्र किराँती लगायतले पनि सम्मेलनको शुभकामना ब्यक्त गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!